काठमाडौं । नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ सेख र सोमपाल कामीले १५–१५ रन बनाएका थिए ।
त्यस्तै युएईका बलर अजय कुमार र जुनैद सिद्धिकीले ३–३ विकेट लिएका थिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए । त्यस्तै हैदर अली र मुहमद शहदादले एक एक विकेट लिएका थिए ।