काठमाडौं । नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित एक औपचारिक समारोहमा राजदूतले राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
समारोहमा राजदूत सुकलालले दक्षिण अफ्रिकाका राष्ट्रपतिले पठाएको शुभकामना सन्देश सुनाएका थिए ।
समारोहमा दक्षिण अफ्रिकाका लागि मानार्थ नेपाली वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटरको उपस्थिति थियो ।
FACEBOOK COMMENTS