काठमाडौं । दक्षिण अफ्रिकी राज्यका मानार्थ नेपाली वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले नेपालका लागि नवनियुक्त त्यहाँका राजदूत प्राध्यापक अनिल सुकलाललाई स्वागत गरेका छन् ।
मानार्थ वाणिज्यदूत श्रेष्ठले मङ्गलबार ललितपुरस्थित वाणिज्यदूतको कार्यालयमा आयोजित कार्यक्रममा राजदूत सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरेका हुन् ।
सो अवसरमा राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्नेबारेमा छलफल गरेका थिए ।
त्यस्तै, उनीहरूबीच नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल भएको थियो ।
FACEBOOK COMMENTS