धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारी प्रदेशसभाबाट निलम्बित भएका छन् ।
प्रदेशसभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य सोडारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी गराएका थिए ।
प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारीविरुद्ध अख्तियारले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
FACEBOOK COMMENTS