काठमाडौं । नेपालको लोकप्रिय डिजिटल टिभी सेवा प्रदायक डिशहोमको रमाइलो टिभी च्यानलले विश्वभर चर्चित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ ।
अब नेपाली दर्शकहरूले यो ऐतिहासिक धार्मिक कथा आफ्नै भाषामा हेर्न पाउनेछन् ।
रमाइलो टिभीमा ‘रामायण’ श्रृंखला आगामी असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रशारण हुनेछ । विश्वप्रसिद्ध यो धारावाहिक भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित छ, जसलाई विख्यात निर्माता तथा निर्देशक रामानन्द सागरले निर्माण गरेका थिए ।
‘रामायण’ सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा पहिलो पटक प्रशारित भएको थियो । यस ऐतिहासिक शृङ्खलामा आशोक कुमार र रामानन्द सागर प्रस्तुतकर्ता थिए भने यसका गीत–सङ्गीतलाई रविन्द्र जैनले संगीत संयोजन गरेका थिए ।
प्रसारणको समयमा ‘रामायण’ ले भारतभर ८२ प्रतिशतभन्दा बढी दर्शकहरूको मन जित्दै कीर्तिमान कायम गरेको थियो । बीबीसीको एक रिपोर्ट अनुसार, यो शृङ्खला ६५ करोडभन्दा धेरै दर्शकहरूले हेरेका थिए भने यसको पुनःप्रसारण १७ देशका २० भन्दा बढी च्यानलहरूमा समेत भएको थियो ।
२०२० को कोरोना महामारीको लकडाउन अवधिमा ‘रामायण’ पुनः प्रशारण हुँदा पनि यसले एकै दिनमा ७ करोड ७० लाखभन्दा बढी दर्शक पाउँदै विश्वमै सबैभन्दा धेरै हेर्नामा परेको कार्यक्रम बन्न सफल भएको थियो ।
डिशहोमले आफ्ना ग्राहकहरूको रोजाइलाई ध्यानमा राख्दै रमाइलो टिभीबाट यो धार्मिक र ऐतिहासिक शृङ्खला नेपाली भाषामा प्रस्तुत गर्न लागेको हो । डिशहोमका ग्राहकहरूले यससँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम लगायत अन्य विशेष सामग्रीहरू समेत रमाइलो टिभीमा हेर्न सक्नेछन् ।
हाल रमाइलो टिभी केवल डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध छ । त्यसैले ‘रामायण’ नेपालीमा हेर्न चाहने दर्शकहरूले आजै डिशहोम जडान गरेर यो ऐतिहासिक शृङ्खला लगायत अरू धेरै लोकप्रिय कार्यक्रमहरूको मज्जा लिन सक्नेछन् ।
FACEBOOK COMMENTS