काठमाडौं । डिशहोम इन्टरनेट देशकै दोस्रो ठूलो कम्पनी बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम्युनिकेसन इन्डिकेटर्स प्रतिवेदनमा भदौमा कम्पनी दोस्रो भएको उल्लेख छ ।
अप्टिकल फाइबर मार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको डिशहोम फाइबर नेटका ग्राहक भदौ मसान्तसम्म ३ लाख १७ हजार ३१ रहेका छन् ।
डिशहोमपछि दुई लाख ८४ हजार ७६३ ग्राहकका साथ क्लासिक टेक तेस्रो, दुई लाख ८० हजार २४८ ग्राहक रहेको सुबिसु चौथो, दुई लाख ६४ हजार ८३ ग्राहक सहित भायनेट पाँचौ स्थानमा रहेका छन् । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम छैटौं नम्बरमा छ ।
वेब सर्फर सातौं, टेकमाइन्ड्स नेटवर्क आठौं र सीजी कम्युनिकेसन्स नवौं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS