काठमाडौं । डिशहोमले द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनसँग साझेदारी गर्दै आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकलाई देशव्यापी विशेष छुट सुविधा उपलब्ध गराउने घोषणा गरेको छ ।
यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले नेपालभरका १५८ वटै आउटलेटमा फूड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट पाउनेछन् । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्टफूड परिकारका लागि प्रसिद्ध छ।
डिशहोमका ग्राहकहरूले माइ डिशहोम एप मार्फत आफ्नो भर्चुअल प्रिभिलेज कार्ड सक्रिय गरी जुनसुकै आउटलेटमा देखाएमा छुट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो कदमले ग्राहकलाई आफ्ना मनपर्ने फास्टफूड परिकारहरू छुटसहित अनुभव गर्ने अवसर दिनेछ ।
डिशहोमका सिइओ तारा मानन्धरले भने, ‘यो साझेदारीले नेपालको मनपर्ने फास्टफूड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ ।
उनले थपे डिशहोमको भर्चुअल प्रिभिलेज कार्डले डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।
FACEBOOK COMMENTS