काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ ।
यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।
विशेष सुविधा:
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन् ।
डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट
यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
माइ डिशहोम एप गुगल प्ले स्टोर बाट डाउनलोड गर्नुहोस् ।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् ।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस् ।
डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् ।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन, डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।
‘डल्ले’ – नेपाली स्वादको आधुनिक व्याख्या
‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्याइरहेको छ । शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ ।

डिशहोमको जीवनशैली सेवातर्फको यात्रा
यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई, डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा, र थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग हो। डिशहोमले भविष्यमा पनि यस प्रकारका सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्न निरन्तर प्रयास गर्दै जानेछ ।

FACEBOOK COMMENTS