काठमाडौं । डिसहोमको कर्मचारी भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बस्ने धादिङ घर भएका २२ वर्षीया आरती सिंखडा, काठमाडौं टोखा नगरपालिका–३ बस्ने दोलखा घर भएका २२वर्षीय विष्णु कार्की र काठमाडौं टोखा नगरपालिका–९ बस्ने रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन् ।
काठमाडौंस्थित डिसहोमको कर्मचारी हुँ भनि डिसहोममा आबद्ध नियमितग्राहकहरूलाई फोन सम्पर्क गरी केहि समयको लागि डिसहोमका ग्राहकहरूको लागि १ वर्षकोरिचार्ज गर्दा ४ महिनाको निशुल्क रिचार्ज अफर आएको छ भनि ग्राहकहरूलाई झुक्यानमापारी रकम लिई ठगी गरेको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानकार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।