काठमाडौं । डिशहोम फाइबरनेटको विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरस्थित तिलाचौरमा शोरूम सञ्चालनमा ल्याइएको छ ।
सो सोरूमको सञ्चालन मौभेरा मनि ट्रान्सफरले गर्ने डिशहोमले जानकारी दिएको छ । डिशहोमका सीओओ स्वाइन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राइटर लक्ष्मीदत्त पाण्डेको उपस्थितिमा सोरूम उद्घाटन गरिएको हो ।
लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको मौभेरा मनि ट्रान्सफरले अब डिशहोम फाइबरनेट विक्री र विक्रीपछिको सेवा नयाँ सोरूममार्फत उपलब्ध गराउने बताइएको छ ।
१०० जना भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको मौभेरा मनि ट्रान्सफरलाइ अब अझ बढी ग्राहकहरूको माझ पुग्नका लागि पनि नयाँ सोरुमले मद्दत गर्ने मौभेरा मनि ट्रान्सफरका सञ्चालक दानसिङ बिष्टले जानकारी दिए ।
FACEBOOK COMMENTS