काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्लेटफर्ममा प्रसारण अधिकार पाएको ‘डिशहोम गो’को सब्सक्रिप्शन लिन समस्या देखिएको छ ।
धेरैजसो प्रयोगकर्ताले भुक्तानी गर्दा पनि सब्सक्रिप्शन नभएपछि क्रिकेटप्रेमी अन्योलमा परेका छन् । खेल सुरू हुन एक घण्टाभन्दा कम समय बाँकी हुदा डिशहोमले क्रिकेटप्रेमीलाई धोका दिएको भन्दै आक्रोश व्यक्त भइरहेको छ ।
सामाजिक सञ्जालमा कैयौं प्रयोगकर्ताले पैसा काटिएर पनि सब्सक्रिशन नभएको गुनासो गरेका छन् ।
आजदेखि सुरू हुने एनपीएल स्टार स्पोर्टस र कान्तिपुर म्याक्स टीभीबाट पनि प्रसारण हुँदै छ ।
FACEBOOK COMMENTS