काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंको जोरपाटीमा पनि सह–वितरण शोरूम सुभारम्भ गरेको छ ।
माघ १९ गतेदेखि डिशहोम फाइबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न शुरू गरिएको सो शोरूमको सञ्चालन दीपा इम्पेक्सले गर्ने छ । उक्त शोरूम डिशहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा उद्घाटन गरिएको हो ।
विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएको दीपा इम्पेक्सले अब डिशहोम फाइबरनेट विक्री र विक्रीपछिको सेवा सो नयाँ शोरूममार्फत दिने कम्पनीले बताएको छ ।
१ हजार ५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपा इम्पेक्सले अब अझ बढी ग्राहकहरूमाझ पुग्नको लागि पनि शोरूमले मद्दत गर्ने दीपा इम्पेक्सका सञ्चालक सुवास तिमिल्सिनाले जानकारी दिए ।
FACEBOOK COMMENTS