२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटमा बिबाद देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहबाट दुई मन्त्रीको नाम सिफारिश माग गरेपछि बिबाद देखिएको हो ।
बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले दुईमध्ये एकको नाम नेता पौडेलसँग मागेका थिए । अर्को नाम महामन्त्री डा। शशांक कोइरालासँग मागेका थिए । कांग्रेसमा पौडेल समूह भनेर कोइरालासहितको समूहलाई चिनिन्छ । तर प्रधानमन्त्री देउवाले शशांक र पौडेलसँग एकरएक मन्त्रीको नाम मागेको बैठकमा सहभागी एक नेताले बताए ।
महामन्त्री कोइरालाले आफ्नो समूहबाट सुजाता कोइराला र डा। मिनेन्द्र रिजालको नाम सिफारिश गरेका थिए । तर उनले अन्तिममा भने रिजाललाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई प्रस्ताव गरे । पौडेलले पाएको एक मन्त्रीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गरेपछि कुरा मिल्न नसकेको हो ।
FACEBOOK COMMENTS