काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)अमेरिकाको पहलमा संकलित स्वास्थ्य सामग्री नुवाकोटको विभिन्न स्वास्थ्य केन्द्रलाई वितरण गरिएको छ ।
एनआरएनए अभियन्ता पूर्ण बाँनिया र कलाकार तथा कांग्रेस नेतृ करुणा पाण्डेको अगुवाइमा उक्त स्वास्थ्य सामग्रीहरु नुवाकोटको शिवपूरी गाउँपालिका भित्रका पाँचवटा सामुदायिक स्वास्थ्य चौकीमा एक समारोहबीच वितरण गरिएको हो । अक्सीमिटर, कन्सन्टेन्टर, ग्लोब्स, गाउनलगायतका करिब ३५ लाख बराबरको सामग्री गाउँपालिकाको कार्यालयमै आयोजित समारोहमा वितरण गरिएको कलाकार पाण्डेले जानकारी दिइन ।

FACEBOOK COMMENTS