२२ असोज, बैतडी । दार्चुलाका एक सय ७२ परिवार बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । टेवा नेपाल काठमाडांैको आर्थिक सहयोगमा दलित महिला संघ दार्चुलाले ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहु गाउँपालिका र महाकाली नगरपालिकाका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको हो ।
समाजिक अभियन्ता आनसिंह लोहारले बाढी पीडितलाई चामल, दाल, तेल, च्युरा र साबुन वितरण गरेको बताए । उक्त राहत सामग्री माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लक्ष्मी विकको पहलमा संकलन गरि वितरण गरेको युवानेता दानसिंह विश्वकर्माले बताए ।
साउन र भदौ महिनामा आएको बाढी र पहिरोले दार्चुलाका विभिन्न पालिकामा सातजनाको मृत्यु भएको थियो भने, दर्जनौं घरपरिवार विस्थापित भएका थिए ।
FACEBOOK COMMENTS