विराटनगर । पाँचथरको हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।
मेची राजमार्ग फिदिम ताप्लेजुङ अन्तरगत पाँचथरको हेवाखोलामा रहेको डाइभर्सन बगाएपछि सडक अबरुद्ध भएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो ।
त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रोपटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि डाईभर्सन बनाएर सडक संचालन गरिएको थियो ।
FACEBOOK COMMENTS