काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले लाभांश नदिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गतेका लागि साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS