काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३१।५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी १५ करोड ८१ लाख ३८ हजार रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS