काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११.५७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS