काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।
बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस १० प्रतिशत र कर सहित ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS