काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीका लागि ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४.७५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको यो लाभांश फागुन २५ गते हुने बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभाका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भयएको छ । फागुन ९ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS