काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको हो । कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
FACEBOOK COMMENTS