काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले २.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५.२० प्रतिशत नगद लाभांश गरि कुल ७.६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS