काठमाडौं । पाँचथर पावर कम्पनीले शेयरधनिलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट कर सहित ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीको हालको चुक्ता पुँजि ९६ करोड २५ लाख रहेको छ। उक्त चुक्ता पुजीँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्न लागेको हो।
FACEBOOK COMMENTS