काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाए छ । २५ गते सभाका लागि सभा बोलाएको बैकले भोली बुक क्लोज गर्दैछ । आजसम्म कायम रहेका सेयरधनीले लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको छ ।
ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राम, रुपन्देहीमा हुने सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
FACEBOOK COMMENTS