काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले बोनस सेयर नदिने भएको छ ।
बैंकको ६ गते बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS