काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका दुवै बैंकका सेयरधनीले बैंकले तोकेको लाभांश पाउने छन् भने बैंकको आगामी साधारणसभामा भाग लिन पाउनेछन् । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २९ बुक क्लोज गर्ने भएको छ ।
नबिल बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले पुस १२ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
यस्तै नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले पुस १३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
FACEBOOK COMMENTS