काठमाडौं । सोल्टी होटल र भगवती हाइड्रोपावर डेभलपमेन्टको कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
सोल्टी होटलले गत वर्षको नाफाबाट ३१.५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ प्रतिशन र नगद २६.५७ प्रतिशत रहेको छ । कम्पनीले पुस २६ गते वार्षिक साधारणभा बोलाएको छ ।
यस्तै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । दुवै कम्पनीको सभाले लाभांश पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS