काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले पुस २७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले सभाका लागि पुस १६ ते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
सभामा आर्थिक वर्ष २०७९-८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।
अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS