काठमाडौं । आजसम्म कायम रहेका विभिन्न चार कम्पनीका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलमा आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । चार वटै कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएका छन् ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने जनाएको छ । सभा पुस २९ गतेका लागि बोलाएको छ ।
कालिका पावर कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
युनिभर्सल पावर कम्पनीले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । उक्त प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS