काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले आगामी साधारण सभाका लागि माघ २४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेका लाभांश पाउँनेछन् । कम्पनीको सभा फागुन ११ गते बस्दैछ ।
कम्पनीले गत आवको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
FACEBOOK COMMENTS