काठमाडौं । चाडपर्वको समय, त्यसमा पनि दसैं । यो बेला भनेको परिवारका सदस्य जम्मा हुने, मिटो मिठो परिकार बनाउने, खाने हो ।
आपसमा भेटघाट गर्ने क्रममा थोरै मेहनतले मिठो बनाएर खान सकिन परिकार हो सुकुटी । सुकुटी सबै समूहको साहाकारी बोहकलाई मन पर्ने खाने कुरा हो । यो चिकेन तथाद बफको बनाउन सकिन्छ, त्यो पनि घरमै बसेर ।
दसैंको बेला पारिवारीक जमघट, जमघटको बेला मुख मिठो बनाउन सुकुटी, अझ सुकुटीसँग चिउरा, घाँटी चिसो बनाउने हो भने केही चिसो पेय पदार्थले भेटलाई स्मरणीय बनाउनेका कुनै शंका छैन ।
सकुटी बनाउनको लागि चिकेन वा चिकेन के बनाउने हो त्यसको मासु ल्याउनु पर्छ । मासु तयार भएपछि आवश्यकताअनुसार तेल राख्ने, तेलमा हरियो खुर्सानी, धुलो खुर्सानी, प्याज, हरियो धनियाँ, टमाटर, बेसार, नुन, मिट मसला, गरम मसला, लसुन अदुवाको पेस्ट चाहिन्छ । यो सबै तयार भएपछि मासुलाई बेसारमा मोल्नुपर्छ ।
मासुलाई लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने वा आगोमा सेक्ने । आधा सुकेको मासु सुकुटीका लागि निकै राम्रो मानिन्छ । आधा सुकेको मासुलाई सानो टुक्रा बनाएर काट्ने । त्यसपछि तेलमा प्याज खैरो हुनेगरी भुट्ने । त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन राख्नुपर्छ ।
गरम मसला पालैपालो हालेर चलाउने । यो मिश्रणलाई डढ्न दिन हुँदैन । डढ्यो भने यसको स्वाद जानसक्छ । जसले गर्दा सानो आगोमा पकाउने । यसपछि काटेर राखेको सुकुटीलाई राम्ररी चलाउने । यसमा मन पर्छ भने टमाटर पनि राख्न सकिन्छ । मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनियो राखेपछि सुकुटी तयार हुन्छ ।
FACEBOOK COMMENTS