काठमाडौ । नेपाल चिकित्सक संघले आफ्नो माग २४ घण्टाभित्र सम्बोधन नभए स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने माग गरेको छ ।
माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले घोषणा गरेको छ ।
चिकित्सक संघले आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ ।
FACEBOOK COMMENTS