काठमाडौं । सरकार र चिकित्सकबीच सहमति भएको छ ।
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिुसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो ।
पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो ।
सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र ‘स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’काको संयोजक डा शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS