काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पुनः सहमति भएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।
आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय कार्यान्वयन गर्ने सहमति भएको हो । यो सँगै आन्दोलन आन्दोलनका कार्यक्रम स्थगन भएको छ ।
छलफलमा अतिरिक्त सेवा सुविधा, बिदालगायतका विषयमा कार्यदल गठन गरेर १५ दिनभित्र सेवा सुविधा निर्धारण गर्ने सहमति भएको छ । यो सँगै अब डाक्टरहरु अस्पताल फर्केने भएका छन् ।
FACEBOOK COMMENTS