काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले आफूहरूसँग गरेको उपभोक्ता संरक्षण ऐन संसोधन गर्ने सहमतिको पालना गर्न चासो नदेखाएको बताएको छ ।
बुधबार संघले प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको कार्यादलले काम अगाडि नबढाएकोप्रति असन्तुष्टि जनाएको हो ।
संगले भनेको छ, ‘संघसँग भएको सहमति अविलम्ब कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दै, हामीलाई पुन: आन्दोलनका लागि बाध्य पार्ने स्थिती सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुन्छ ।’
उपचारमा लापरवाही गरेको भन्दै उपभोक्ता अदालतले ग्रान्डि सिटी, ओम र हिमाल अस्पताल र चिकित्सकलाई क्षतिपुर्ति तिराउने निर्णय गरेपछि चिकित्सकहरू आन्दोलित भएका थिए ।
दुई दिन आकस्मिक बाहेकका सेवा ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले गत असार २४ गते ऐन संशोधनका लागि ३ बुँदे सहमति गरेको थियो ।
FACEBOOK COMMENTS