काठमाडौं । जेन्जी आन्दोलनका क्रममा हराएको कुकुर भेट्टाउनेलाई २५ हजार रुपैयाँ इनाम दिइने भएको छ ।
ठमेलस्थित चौधरी निवासको सरस्वती सदनमा तोडफोड, लुटपाट र आगजनी हुँदा हराएको बेन्जी नाम गरेको पग प्रजातीको कुकुर भेट्टाउनेका लागि उक्त इनाम घोषणा गरिएको हो ।
सो कुकुर फेला परेमा राजकुमार अधिकारी (९८५१०६६४६०) लाई खबर गर्न आग्रह गरिएको छ । यस्तो आग्रहसहितको विज्ञापन आज विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशन गरिएको छ ।
FACEBOOK COMMENTS