काठमाडौं । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ ।
आज बिहान बागमती नदी किनारमा रहेको सार्वजनिक तथा सरकारी जग्गामा रहेका बस्तीहरूमा डोजर चलाइएको हो ।
बस्तीमा रहेका मानिसले सामान निकालेका छन् । उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ गरिएको छ ।