काठमाडौं । नेपाल राष्ट्र बैंकले एयरलाइन्स कम्पनीहरूले सेवा आयात गर्नका लागि पाउने अमेरिकी डलरको सटही सुविधा वृद्धि गरेको छ ।
सोमवार एकीकृत निर्देशन २०७९ संशोधन गर्दै राष्ट्र बैंकले एयरलाइन्स सञ्चालकहरूले सेवा आयात गर्दा पाउदै आएको ५० हजार डलर सटही सीमा एक लाख पुयाएको हो ।
यसैगरी राष्ट्र बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डिपिए), डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स ९डीएए० मार्फत आयात गर्दा दिँदै आएको सटही सीमा पनि बढाएको छ ।
निर्देशन अनुसार यसअघि डिपिए र डीएएमार्फत आयात गर्न ५० हजार डलरको सीमा तोकिएकोमा बढाएर ६० हजार पुऱ्याएको छ । यसैगरी डिएएमार्फत भारतबाट ३ करोड भारूसम्मको आयात गर्न पाउने व्यवस्था गरिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS