काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ।
राष्ट्र बैंकका अनुसार आजको विनिमयदरमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ। यसअघि आइतबार पनि यसको कारोबार सोही मूल्यमा भएको थियो ।
सोमबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७५ पैसाले वृद्धि भएको छ ।
यसअघि आइतबार युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा तोकिएको छ। आइतबार उक्त पाउण्डको खरिद मूल्य १५६ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १५७ रुपैयाँ ६९ पैसा कायम गरिएको थियो ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९५ रुपैयाँ १४ पैसा कारोबार हुनेछ ।
यस्तै, सोमबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसामा कारोबार हुनेछ ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ९८ पैसामा किनबेच हुनेछ ।
FACEBOOK COMMENTS