काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा बिक्री दर १४३ रुपैयाँ रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS