काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८० पैसा बिक्री दर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS