काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ५२ पैसा र बिक्री दर १४३ रूपैयाँ १८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७७ पैसा रहेको छ।
FACEBOOK COMMENTS