काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिद दर
डलरको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा तोकिएको छ। त्यस्तै युरो एकको खरिद दर १६९ रुपैयाँ २१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा पुगेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्री दर २०३ रुपैयाँ ०४ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ७१ पैसा तथा बिक्री दर १०७ रुपैयाँ १३ पैसा रहेको छ भने क्यानाडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ७७ पैसा तोकिएको छ।
एसियाली मुद्राहरुमा १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७८ पैसा र बिक्री दर २२ रुपैयाँ ८७ पैसा रहेको छ। दक्षिण कोरियन वन एक सयको खरिद दर ११ रुपैयाँ ४४ पैसा र बिक्री दर ११ रुपैयाँ ४९ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९ पैसा छ।
कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४ पैसा तोकिएको छ। संयुक्त अरब इमिरेट्स (युएई) दिराम एकको खरिद दर ४१ रुपैयाँ ३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिद दर ४९२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९४ रुपैयाँ ८६ पैसा पुगेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने जनाएको छ ।
