काठमाडाैं । मंगलबार पनि डलरको मूल्य घटेको छ।
आज एक डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबार खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८५ पैसा रहेको थियो। सोमबारको तुलनामा बिक्रीदर नौ पैसा सस्तिएको हो।
मंगलबारको लागि एक युरोको खरिददर १३९ रुपैयाँ आठ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा तोकिएको छ।
त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ आठ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४८ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँमा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ २० पैसा र बिक्रीमा २९ रुपैयाँ ३३ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ पाँच पैसा र बिक्रीमा ४२८ रुपैयाँ एक पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ।
FACEBOOK COMMENTS