काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितीमा पुगेको छ ।
अमेरिकी डलर निरन्तर बढेसँगै भारतीय मुद्रा कमजोर बनेको छ । त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३०रुपैयाँ ९० पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर १२५ रुपैयाँ ७५पैसा र बिक्री दर १२६ रुपैयाँ २५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS