काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई ‘धेरै हिंसात्मक’ समूहको रूपमा वर्णन गरेका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै हमासले राम्रो काम गरेनन् भने तिनीहरू नष्ट हुने टिप्पणी गरेका छन् ।
ट्रम्पले भने, ‘हमास धेरै हिंसात्मक भएको छ । तर, उनीहरूलाई अब इरानको समर्थन छैन । उनीहरूलाई शाब्दिक रूपमा अब कसैको समर्थन छैन । उनीहरूले राम्रो काम गर्नुपर्छ र यदि उनीहरूले त्यसो गरेनन् भने उनीहरू नष्ट हुनेछन् ।’
इजरायल र हमासबीच हालै युद्धविराम घोषणा गरिएको थियो । यद्यपि, गत हप्ता हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका थिए ।
FACEBOOK COMMENTS