काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच व्यापार सम्झौताका लागि प्रायः सबै बिषयमा अन्तिम सहमति भएको राष्ट्रपति ट्रम्पले बुधबार जानकारी गराएका छन् ।
यो वर्षको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकको आयोजक रहेको दक्षिणपूर्वी शहर ग्योङजुमा लीसँगको शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरे ।
उनले भने, “वार्ता पूर्णरूपमा सफल भएको मान्नुपर्छ । हामी एक सम्झौताको तयारी अवस्थामा पुगेका छौँ।”
दुई देशका राष्ट्रपतिद्वय ट्रम्प र लीबचिको शिखर सम्मेलनलाई नजिकबाट हेरिएको थियो किनकि दुबै मुलुकका वार्ता सहयोगीहरूले जुलाईमा तयार पारेको व्यापार सम्झौताको खाकाको विवरणमा मतभेदहरू समाधान गर्न संघर्ष गरिरहेका थिए ।
सम्झौता अनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।

लीसँगै डिनर टेबलमा बसेका ट्रम्पले आफूहरुबीच ‘बृहत्’ भेटवार्ता भएको बताए । तर उनले के के कुरामा सम्झौता भएको हो भन्नेबारे उक्त अवसरमा जानकारी गराए ।

“धेरै कुरामा निर्णयमा पुगिएको छ हामीले धेरै प्रतिषा गरिएको व्यापार सम्झौतालाई अन्तिम रूप दियौँ । राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही अन्य केही बिषयमा पनि छलफल गरेका छौँ । मलाई लाग्छ, हामी धेरै महत्त्वपूर्ण बिषयुहरूमा निष्कर्षमा पुग्यौँं।

ट्रम्पले कोरियाली प्रायःद्वीपमा सुरक्षा तनाव समाधान गर्ने आफ्नो प्रतिबद्धता पनि दोहो¥याए । उत्तर कोरिया “जसरी प्रस्तुत हुनुपर्छ त्यसो हुन नसकेको’ उनले बताए ।

उत्तर कोरियाली नेता किम जोङ उनलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भने, “म किमलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ सबै कुरा राम्रोसँग अघि बढ्नेछ ।”
FACEBOOK COMMENTS