काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसम्बन्धी विषयमा सहयोगी देशहरूले साथ नदिए नाटोको भविष्य कमजोर हुन सक्ने चेतावनी दिएका छन् ।
फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले हर्मुज जलडमरु सुरक्षित र खुला राख्न सहयोगी देशहरूले सहयोग नगरे स्थिति गम्भीर बन्न सक्ने बताएका हुन् ।
ट्रम्पले अमेरिकाले लामो समयदेखि आफ्ना सहयोगी देशहरूको पक्षमा उभिँदै आएको तर उनीहरू सधैँ अमेरिकाका लागि उभिन्छन् भन्ने निश्चित नभएको बताए ।
उनले युक्रेन अमेरिकाबाट हजारौँ किलोमिटर टाढा भए पनि अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै अब सहयोगी देशहरूले पनि अमेरिकालाई साथ दिन्छन् कि दिँदैनन् भन्ने हेर्नुपर्ने बताएका छन् ।
ट्रम्पले बेलायतप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । अमेरिकाको पुरानो र प्रमुख सहयोगी मानिने बेलायतले आवश्यक समयमा सहयोग नगरेको उनको आरोप छ । अमेरिकाले इरानको क्षमता धेरै हदसम्म कमजोर बनाइसकेपछि मात्रै बेलायतले दुई युद्धपोत पठाउने कुरा गरेको उनले बताए ।

ट्रम्पले चीनले पनि हर्मुज जलडमरु खुला राख्न सहयोग नगरे यसै महिनाको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जीङपीङसँग हुने शिखर भेटवार्ता स्थगित गर्न सक्ने सङ्केत दिएका छन् ।

FACEBOOK COMMENTS