काठमाडौँ । आर्मेनिया र अजरबैजानबीच दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ह्वाइट हाउसमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशका नेताहरू बीचको वार्ताको आयोजना गरेका थिए ।
सम्झौतापछि अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभ र अर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यानले हात मिलाए ।
अमेरिकी राष्ट्रपतिले उक्त क्षणलाई ’ऐतिहासिक’ घटनाको रूपमा वर्णन गरे । सम्झौताले दुई देशहरू बीचका केही प्रमुख यातायात मार्गहरू पुन: खोल्नेछ र यस क्षेत्रमा अमेरिकी प्रभाव बढाउनेछ ।
१९८० र १९९० को दशकमा, आर्मेनिया र अजरबैजानले अजरबैजानको आर्मेनियाली मूलको क्षेत्र नागोर्नो–काराबाखमा लडेका थिए र त्यसबेलादेखि हिंसा बढेको छ ।
ट्रम्पले आर्मेनिया र अजरबैजानले ’सदाका लागि’ सबै लडाईं बन्द गर्ने साथै खुला यात्रा, व्यापार र कूटनीतिक सम्बन्ध राख्ने वाचा गरेको बताएका छन् ।
अजरबैजानी राष्ट्रपति अलियेभले हामी काकेशसमा शान्ति स्थापना गर्ने सहमतिमा पुगेका छौं भन्दै युद्ध, कब्जा र रक्तपातमा फसेर धेरै वर्ष खेर फालेको टिप्पणी गरेका छन् ।
त्यस्तै अर्मेनियाली प्रधानमन्त्री पशिन्यानले सम्झौतामा हस्ताक्षर हुनुलाई दुई देशबीचको सम्बन्धमा ’महत्वपूर्ण कोशेढुङ्गा’ भएको बताए । ट्रम्पले दुवै देश ३५ वर्षसम्म लडेको बताउदा अब उनीहरू लामो समयको साथी बनेको बताए ।
FACEBOOK COMMENTS